वैदेशिक रोजगारमा जाने कामदारको सुरक्षा ग्यारेन्टी गर: प्रधानमन्त्री देउवा - All Over News

Breaking News

test banner

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, July 14, 2017

वैदेशिक रोजगारमा जाने कामदारको सुरक्षा ग्यारेन्टी गर: प्रधानमन्त्री देउवा



असार ३०, २०७४ प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षा ग्यारेन्टीका लागि व्यवसायीलाई आग्रह गर्नु भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधरणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विदेशको श्रमबजारमा नेपाली कामदार पठाउनु पर्ने बाध्यता भएपनि कामदारको शारिरिक तथा आर्थिक, सामाजिक सुरक्षा आबश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो –कसैको काल नै आउँदैन भन्ने छैन तर वैदेशिक रोजगारमा गएका हाम्रा नागरिकको एयरपोर्टमा लास आउने गरेको छ यस विषयमा गम्भिर हुन आबश्यक छ । प्रधानमन्त्री देउवाले व्यवसायीका समस्या समधान गर्न सरकार तयार रहेको बताउँदै वैदेशिक रोजगारमा जाने कामदारको सुरक्षा ग्यारेन्टी आबश्यक रहेको उल्लेख गर्नुभयो ।  यसैबीच संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारीमा देखिएको सिन्डिकेट तोड्नका लागि सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले मलेशिया लगायतका केही मुलुकमा सिमित कम्पनिलाई मात्रै जिम्मा दिनु उचित नभएको बताउनुभयो । संघको २५ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here