टर्कीमा थप ७ हजार कर्मचारी बर्खास्त - All Over News

Breaking News

test banner

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, July 14, 2017

टर्कीमा थप ७ हजार कर्मचारी बर्खास्त


असार ३१, २०७४ टर्की सरकारले कुको प्रयासमा संलग्न रहेको भन्दै ७ हजार कर्मचारी बर्खास्त गरेको छ । कु प्रयास भएको एक बर्षपछि प्रहरी, मन्त्रालयका कर्मचारी र बौद्धिक बर्गका ब्यक्ति गरी सो संख्यामा कर्मचारी बर्खास्त गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति रिसेप तैयप एद्रोगानलाई अपदस्थ गर्ने प्रयासमा संलग्न रहेको आरोप लगाउँदै कयौँलाई पदबाट हटाईको हो । सेना, प्रहरी सहितका कर्मचारीलाई नियन्त्रणमा लिएर बिभिन्न बाहनामा थुनामा समेत राखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । कट्टरपन्थि नेता फेतुल्लाह गुलेनको संलग्नता रहेको भनिएको कु को असफल प्रयासपछिको हिंसामा २ सय ५० को मृत्यु भएको थियो । पछिल्लो समय २ हजार ३ सय ३ प्रहरी, ३ सय २ विश्वविद्यालयका प्राध्यापक सहितका कर्मचारीको सेवा सुविधा काटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here