बार्सिलोनामा नेपाल घुम्न जाऔं भन्ने सन्देश - All Over News

Breaking News

test banner

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, July 14, 2017

बार्सिलोनामा नेपाल घुम्न जाऔं भन्ने सन्देश


असार ३०, २०७४- स्पेनको पर्यटकीय सहर बार्सिलोनाका सडकमा ‘नेपाल घुम्न जाऔं सन्देश अंकित बस गुडिरहेका छन् । ‘नेपाल भ्रमण वर्ष–युरोप २०१७’ अभियान अन्तर्गत पर्यटन बोर्डका अवैतनिक प्रतिनिधि दीपक खरेलले उक्त सन्देशको प्रचार संयोजन गरिहरेका हुन् । बार्सिलोलाका बिभिन्न चार रुटमा सञ्चालित बसहरुमा नेपालका पर्यटकीय क्षेत्र र सम्पदाका तस्बिर अंकित पोस्टर टाँसिएको हो ।

१३ वर्षदेखि स्पेनमा कार्यरत खरेलले नेपाली समुदायबाट सहयोग संकलन गरी यही सातादेखि अगस्ट १३ सम्म पर्यटन प्रवद्र्धनको व्यवस्था मिलाएको जानकारी दिए । उक्त सन्देशबाहक बसहरु बार्सिलोना, कोलोन, प्यारारेल, कातालोनिया, पार्क गुयल र विश्वप्रसिद्ध बार्सिलोना फुटबल क्लबको स्टेडियम क्याम्प नाउसम्म गुडिरहेको पनि खरेलले बताए ।

‘संसारभरबाट यहाँ पर्यटक घुम्न आइरहेका छन्, यस्तो बेला नेपाल घुम्न जा‌औं भन्ने सन्देश प्रबर्द्धन गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘यसले संसारमा नेपाल चिनाउन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास छ ।’

आगामी जुलाई २२ मा बार्सिलोनामा हुने अन्तर्राष्ट्रिय सांस्कृतिक अन्तर्क्रियामा समेत नेपालको प्रतिनिधित्व गर्ने उनले जानकारी दिए । यस्ता प्रयासले स्पेनबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बृद्धि हुने विश्वास उनको छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here