पहाडी क्षेत्रमा पनि सर्पदंशका बिरामीको संख्या बढ्दै - All Over News

Breaking News

test banner

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, July 14, 2017

पहाडी क्षेत्रमा पनि सर्पदंशका बिरामीको संख्या बढ्दै


असार ३०, २०७४   जलवायु परिवर्तनसँगै काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा पनि सर्पदंशका बिरामीको संख्या बढ्न थालेको छ । पछिल्लो समय बिषालु सर्प पहाडी जिल्लामा पनि पाईन थालेपछि सर्पदंशका बिरामीको संख्यामा वृद्धि हुन थालेको चिकित्सकहरु बताउँछन् ।  राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्पदंशको उपचार गराउनेको बिरामी दैनिकजसो आउने गरेका छन् । काठमाडौं उपत्यकाका तीनै जिल्ला सहित धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोकबाट बिरामी उपचारका लागि आउने गरेको अस्पतालकी मेडिकल रेकर्ड अधिकृत सुधा ठाकुरले बताउनुभयो ।  २०७२ सालको भुकम्पले जमिन फाटेका स्थानमा बर्षायाम सुरु भएसँगै सर्पको बिगबिगी सुरु हुने स्थानीय बताउँछन् । यो बर्षको पहिलो तीन महिनामा मात्र ८९ जनाले सर्पदंशको उपचार गराएको शुक्रराज ट्रपिकल अस्पतालले जनाएको छ । वैशाखमा ५ जनामात्र उपचारका लागि अस्पताल पुगेपनि जेठमा २८ र असारको २९ गतेसम्म ५६ जना सर्पदंशका बिरामीले उपचार गराएको ठाकुरले बताउनुभयो । सर्पदंशका बिरामी वर्षेनी बढ्दै गइरहेको अस्पतालको तथ्याङ्कले देखाउछ । यता, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख मोहनप्रसाद श्रेष्ठले भने काठमाण्डौमा सर्पदंशको खासै समस्या नभएको दावी गर्नुभयो ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here