क्व्होलासोंथरको बजेट पौने २५ करोड - All Over News

Breaking News

test banner

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, July 14, 2017

क्व्होलासोंथरको बजेट पौने २५ करोड


असार ३०, २०७४- स्थानीय तहपछिको पहिलो गाउँसभाले क्व्होलासोंथर गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७४/०७५ का लागि २४ करोड ७२ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार चालुतर्फ ३ करोड ६४ लाख ८७ हजार, पूँजिगततर्फ ९ करोड ५४ लाख ३७ हजार र सामाजिक सुरक्षाभत्ता ३ करोड २८ लाख २० हजार र सशर्त अनुदानतर्फ ८ करोड २५ लाख १० हजार रहेको छ । बजेटमा बित्तिय समानीकरण अनुदानतर्फ ११ करोड ७३ लाख ५५ हजार, प्रदेश सरकार अनुदान १५ लाख, आन्तरिक आय ५७ लाख ६९ हजार र चन्दादानबाट २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
घलेगाउँमा शुक्रबार आयोजित गाउँ सभामा उपाध्यक्ष कुमारीमुनी गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । सभाले गाउँसभाले विपन्नलाई आत्मनिर्भर बनाउन कृषि र पशुमा आधारित ‘एक घर, एक ब्यवसाय’, ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ लगायतको नीतिलाई अवलम्बन गर्ने नीति पारित गरेको छ । क्व्होलासोंथरको अर्थतन्त्र सवलीकरण: कृषिको आधुनिकीकरण’  नीतिलाई अवलम्बन गरिने भएको छ । ‘क्व्होलासोंथरको संस्कृति र प्रकृति: पर्यटन उद्योगमार्फत आर्थिक समृद्धि’ नीतिलाई अवलम्बन गरिने भएको छ ।

यस्तै, ‘एक घर, एक स्वास्थ्य विमा कार्यक्रम’ अवलम्बन गर्ने, गरिब नागरिकलाई ५० प्रतिशत विमा रकम स्थानीय सरकारले ब्यहोर्ने, ५ बर्षमा गाउँपालिकालाई कुपोषण रहित बनाउन पहल साथै गर्भवती र सुत्केरीलाई सवै सेवा नि:शुल्क दिने नीति पारित गरेको छ । २५ शैय्याको अस्पतालका लागि पहल गरिने भएको छ । सुर्तिजन्य र मदिरा उत्पादनको विक्रीवितरणमा कडाइ गरिने भएको छ । गुरुङ जातिको आदिमथलो क्व्होलासोंथरको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा जोड दिइने भएको कार्यकारी अधिकृत दीपेन्द्र दाहालले बताए । उनका अनुसार हरेक वडा कार्यालयमा इन्टरनेट जडान गरिने र सेवाग्राहीलाई टोकन प्रणाली लागू गरिने भएको छ ।

कर्मचारीलाई दण्ड र पुरस्कार साथै उत्कृष्ट कार्य गर्ने कर्मचारी, जनप्रतिनिधि, सवैभन्दा बढी कर तिर्ने करदाता, राम्रो काम गर्ने उपभोक्तालाई पुरस्कृत गरिने नीति अघि सारिएको छ । यस्तै, महिला र पुरुषबीच समान कामको समान ज्यालाको ब्यवस्था लागू गरिने भएको छ । बैदेसिक रोजगारमा जानेका लागि तालिम प्रवन्ध गर्न सम्बन्धित निकायसंग समन्वय गरिने साथै बैदेशिक रोजगारीमा जानेको लगत राखिने र विदेशमा सिकेको सीपमलाई प्रमाणिकरण गरिने नीति अघि सारिएको छ । गाउँपालिकाले एफएम रेडियो संचालन तथा सामुदायिक खवर पत्रिका प्रकाशन गर्ने नीतिलाई अघि सारेको छ । फिल्म सुटिङ गर्नेले अनिबार्य अनुमति लिनुपर्ने निर्णय पारित गरेको छ ।

गाउँसभालाई सम्बोधन गर्दै एमाले सचिव एवं पूर्व पर्यटनमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानले प्रदान गरेको अधिकारमात्रै जनप्रतिनिधिले अवलम्बन गरे गाउँ तथा नगरपालिका समृद्ध बन्ने बताएका छन् । ‘स्थानीय तहलाई २१ वटा अधिकार प्रदान गरेको छ । आफ्नो गाउँको विकास आफैं बनाउन जनप्रतिनिधि सक्षम बन्नुपर्छ’ उनले भने । कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि गमप्रसाद गुरुङ, एमाले जिल्ला सचिव कृष्णप्रसाद अधिकारी लगायतले जनताको चाहनाअनुसार काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here